पोखरा /
दोस्रोपटक बैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेका छन्। विस्तार गरिएको मन्त्रिपरिषमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङले,रामशरण बस्नेत,विकास लम्साल,र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सिता पौडेलबाट बुधाबार पद तथा गोपनियताको शपथ लिएका छन्। युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका मनाङेभने शपथ ग्रहन कार्यक्रममा उपस्थित भएनन।
यसअघि लम्साल उद्योग,पर्यटन,वन तथा वातावरण,बस्नेत भौतिक पुर्वाधार र पुन सामाजिक विकासमन्त्री थिए।
मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।