काठमाडौँ /
राष्ट्रिय सभा उप-निर्वाचनमा आचार संहिता मिचिएको भन्दै निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको वताएको छ। बागमती प्रदेशमा भोलि बिहिबार हुन लागेको राष्ट्रिय सभा सदस्य पदको उप-निर्वाचनमा जेठ ३ गते राती १२ बजेदेखि मौन अवधी शुरु भएको भन्दै यही अवधीमा केही व्यक्तिले निर्वाचन आचारसंहिता बिपरित बक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने,प्रकाशन तथा प्रसारण गर्ने गरेको बताउदै त्यस्ता कार्यले निर्वाचन आचार संहिता मिचेको बताउदै यसतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
यसअघी आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वार राम बहादुर थापा ‘बादल’लाई जिताउन भनेर एक सार्वजनिक अपिल गरेका थिए।
‘निर्वाचनको सिलसिलामा राजनैतिक दल,सार्वजनिक निकाए तथा संचार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागु भइसकेको सन्दर्भमा आचार संहिता बिपरितका यस्ता कृयाकलापले निर्वाचनको स्वच्छता र विश्वसनियताप्रति नै आघात पर्ने कुरा स्पष्ट छ।’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।
निर्वाचन संहिता बिपरितका कार्य गर्ने व्यक्ति तथा संस्थालाई आयोगले कानुन बमोजिम कारवाही गर्न सक्ने भन्दै यसरी आचार संहिता बिपरित कार्य गर्नेको अभिलेख राखिने आयोगले बताएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा आचार संहिता पालना सम्बन्धमा भनेर निकालेको प्रेस विज्ञप्ति यस्तो छ यो लिंक क्लिक गरेर हेरौं