• बैशाख २० २०८३, आईतवार

कोरोना संक्रमणबाट चलचित्र सम्पादक पौडेलको निधन

जेष्ठ ५ २०७८, बुधबार

कोरोना संक्रमणका कारण चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । निर्देशक मनोज श्रेष्ठले जानकारी दिए अनुसार पौडेलका दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए ।

चलचित्र सम्पादनको अलवा एमिनेशन, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, विस्फोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी चलचित्र र कयौं म्युजिक भिडियो सम्पादन गरेका छन् । रुद्रपुर ८ रुपन्देहीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।