• मंसिर १२ २०८१, बुधबार

नेपालमा कोरोना भाइरसको  थप नयाँ भेरियन्ट पत्ता लाग्यो(विज्ञप्तिसहित)

जेष्ठ ४ २०७८, मंगलवार

काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो । डा. समिरकुमार अधिकारीका अनुसार ९७ प्रतिशतमा पाइएको भारतीय भेरियन्ट हाे भने तीन प्रतिशतमा पाइएको बेलायती भेरियन्ट हाे ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।