• बैशाख २० २०८३, आईतवार

विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान

जेष्ठ ४ २०७८, मंगलवार

काठमाडौं । सरकारले कोरोना संक्रमण बढिरहेको अवस्थामा कटको विदेशमा रहेका नेपालीलाई सहयोग गर्न  आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नियोगहरुमार्फत  नेपालका विभिन्न मुलुकमा गरी ३० राजदूतावास, तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग र ६ वटा वाणिज्य दूतावासलाई सहयोगको लागि आह्वान गरेको हो ।

कतार, बहराइन, ओमान, यूएई, कुवेत र साउदी अरेबियामा रहेका नेपालीहरुले खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका थिए ।