गर्मीमा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ । छालाको धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।
गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो । त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुवाँ धुलोमा निस्किनु पर्ने हुदाँ हरेक दिन सुत्नु अघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।
छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरिरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।
समयमै छालाको विशेष हेरचाह गर्न सकिएन भने छाला चाउरिने मात्र नभइ उमेर नपुग्दै अनुहारको छालामा बुढ्यौलीका रेखाहरु देखा पर्न सक्छन्। त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। स्वस्थ्य छालाका लागि नियमित व्यायाम र सन्तुलित खाना आवश्यक पर्छ। छाला सुन्दर र स्वस्थ्य राख्नका लागि तलका पाँच कुरामा विशेष ध्यान दिऔं।
गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ ।
छालालाई सधैं नरम र स्वस्थ्य राख्नका लागि सूर्यको किरणबाट जोगाउनुपर्छ। सूर्यको किरणले छालामा सिधैं असर गर्ने भएकाले घरबाट निस्कनु एक घण्टा अघि अनुहारको छालामा सनस्क्रिन क्रिम लगाएर मात्र निस्कनुपर्छ। क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । बिहानको घाममा निस्कनु परेमा छाता वा टोपीको प्रयोग गर्नुपर्छ। अनुहारको छालामा केही समस्य देखिएमा सम्बन्धी चिकित्सकसँग जाँच गराई परामर्श लिनुपर्छ।