काठमाडौँ /
जनता समाजवादी पार्टीले अहिले यो सरकारमा सहभागी नहुने बताएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादबले एक संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय सहमतीको वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने तर यो सरकारम सहभागी नहुने बताएका छन्।
‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागि हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’नेताद्वयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई समूहमा विभाजित भएको थियो । बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
हेरौं जसपाका दुई अध्यक्षले गरेको सहमति पत्र ⇓