• मंसिर १४ २०८१, शुक्रबार

सल्यानमा भएको घोटालाबारे बोल्यो विप्लव नेकपा ,दियो यस्तो चेतावनी

जेष्ठ ४ २०७८, मंगलवार

काठमाडौँ /

सल्यानमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर अर्कै मेसिन जोडी ३६ लाख भन्दा बढीको आर्थिक अनियमितता भएको भनिएको घटनामा विद्रोही कम्युनिष्ट पार्टी,नेपाल कम्युनिष्ट पार्टी सल्यानले आफू आक्रोसित भएको बताएको छ। कोरोना महामारीमा परेर जनता विरामी भई अस्पतालमा अक्सिजन नपाएर छटपटाई रहेको वेला, सस्तो लोकप्रियता कमाउन रातारात अक्सिजन प्लान्ट जोडेको देखाएर बन्दाबन्दीको समयमा ‘लाखौँ  पैसा झ्वाप पार्ने सेटीङ पो रहेछ’ भन्दै नेकपा सल्यानले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर आफ्नो आक्रोस व्यक्त गरेको हो।

प्रारम्भिक तथ्य अनुसार भन्दै अनैतिक भ्रष्ट अराजनैतिक राजनीतिका विभिन्न पात्रहरु,कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय,प्रदेश स्वास्थ्य कार्यालय देखि जिल्ला स्वास्थ्य कार्यालयभित्र रहेका केही द्रव्य पिचासे कर्मचारी साथै प्रदेश सरकारका कही भ्रष्ट र नेता कर्मचारीको मिलेमतोमा यस्तो गम्भीर अपराध भएको आशंका गर्दै त्यस्ता भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाहीको माग नेकपाले गरेको छ।

मानवीय संकटको घडीमा गरिएको यस्तो अपराध कुनैपनि हिसाबले क्षम्य हुन नसक्ने र हुन नदिने स्पष्ट गर्दै नेकपा सल्यानले विभिन्न नक्कली कागज बनाएर ढाकछेप गर्ने बहानाबाजी नगर्न पनि सम्बन्धित निकाएलाई चेतावनी दिएको छ।

जिल्ला सेक्रेटरी तुफानद्वारा सार्वजनिक गरिको सो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न नक्कली कागज बनाएर भ्रष्टाचारलाई ढाकछेप गर्न तथा थप जालसाजी  र बहानाबाजी नगर्न चेतावनी दिन्छौं।’  सेक्रेटरी तुफानले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरा गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी स्वयंसेवी लगायत राष्ट्रसेवक कर्मचारीहरुलाई सलाम गर्दै यस्ता घटनाहरुबाट हतोत्साहित नभई यो महामारी र अरु सामान्य अवस्थामा पनि आफ्नो जिम्मेवारीमा लागिरहन समेत अनुरोध गरेका छन्। इमान्दार स्वास्थ्यकर्मी र राष्ट्रसेवकहरुलाई आफ्नो पार्टीले सधैं साथ दिने नेकपाले बताएको छ।

अरु सबै राजनैतिक पार्टीहरु चुप रहदा विद्रोही कम्युनिष्ट पार्टीले सो अनियमितता भएको भनिएको घटनाप्रति आक्रोस जनाएको छ।

हेरौं गोलमिडियान्युजलाई प्राप्त नेकपा सल्यानको प्रेस विज्ञप्ति ⇓

नेकपा सल्यानको प्रेस विज्ञप्ति
नेकपा सल्यानको प्रेस विज्ञप्ति