• मंसिर ११ २०८१, मंगलवार

ओबामाले बनाउने ‘तेन्जिङ नोर्गे’का लागि कलाकारको खोजी

जेष्ठ ४ २०७८, मंगलवार

काठमाडौं । बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोज्ने काम सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा यो फिल्म निर्माण गर्न लागिएको हो ।

अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनिलङले यो फिल्मका लागि कलाकारको आह्वान गरेको हो । अभिनयको अनुभव नभएका कलाकारलाई समेत यो फिल्ममा कास्टिङको मौका दिइने बताइएको छ । तेन्जिङ पात्रको लागि हिमाली लुक्स, तिब्बती–शेर्पा र नेपाली हुनुपर्ने प्रावधान राखेको कम्पनीले उमेर भने २५ देखि ४० बताएको छ ।

कास्टिङ छनौट भए सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा फिल्मको छायाँकन हुनेछ । प्रारम्भिक चरणमा तेन्जिङको लागि र त्यसपछि अन्य कलाकारको लागि अडिसन चल्नेछ ।

सगरमाथाको विषयमा चर्चित डकुमेन्ट्री ‘शेर्पा’का निर्देशक जेनिफर पीडमले निर्देशन गर्न लागेको यो फिल्म लायन फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन् । सन् १९५३ मा एडमण्ड हिलारीसँग तेन्जिङ नोर्गेले सर्वोच्च शिखर आरोहण गरेका थिए । शेर्पाको जीवनीमाथि एड् डगलसले लेखेको जीवनीमाथि आधारित रहेर फिल्म ‘तेन्जिङ’ बन्न लागेको हो ।