• मंसिर १४ २०८१, शुक्रबार

नेपालमा अड्किएका भारतीय नागरिकलाई लैजान सरकारले दियो १० वटा उडानको अनुमति

जेष्ठ ३ २०७८, सोमबार

काठमाडौं । नेपाल सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान १० वटा उडानको अनुमति दिएको छ । काठमाडौंमा निषेधाज्ञा अगाडी आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो ।

काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत अनुमतिपछि ति उडान स्वीकृत गरिएको हो ।

१८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्नेछन् ।

भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न सक्ने भएका छन् ।