• मंसिर १४ २०८१, शुक्रबार

माधव नेपालले गरे मदन-आश्रित घटनाको यथार्थ पत्ता लगाउन आग्रह

जेष्ठ ३ २०७८, सोमबार

काठमाडौँ/

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय तरिकाले जिप दुर्घटनामा भएको हत्याको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। भण्डारी र आश्रितको जीवन जाने गरेर घटना भएको २८ वर्ष वित्दापनि उक्त घटनाको रहस्य बाहिर आएन भन्दै घटनामा जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले सो घटनालाई झन् रहस्यमय बनाएको बताउदै ‘दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु।’ नेपालद्वारा मदन आश्रित स्मृतिको सन्दर्भमा जारी गरिएको सार्वजनिक सन्देशमा उल्लेख गरिएको छ।

बि.स. २०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको जीव दुर्घटना गराएर रहस्यमय तरिकाले हत्या गरिएको थियो। सोही दिनलाई एमालेनिकटका नेता तथा कार्यकर्ताहरुले मदन आश्रित स्मृती दिवस भनेर मनाउने गर्दछन।

मदन आश्रित स्मृतीको सन्दर्भमा माधव नेपाले जारी गरेको वक्तव्य
मदन आश्रित स्मृतीको सन्दर्भमा माधव नेपाले जारी गरेको वक्तव्य
मदन आश्रित स्मृतीको सन्दर्भमा माधव नेपाले जारी गरेको वक्तव्य
मदन आश्रित स्मृतीको सन्दर्भमा माधव नेपाले जारी गरेको वक्तव्य