काठमाडौँ /
नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई देश विकास र सम्रिद्धिको ‘च्याम्पियन’ बनाउने सपना पुरा हुन नसकेको बताएका छन्। मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा श्रद्धान्जली व्यक्त गर्न एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ओलीले त्यस्तो बताएका हुन्।
ओलीले आफ्नो प्रेस वक्तव्यमा भनेका छन्, ‘तीनवर्ष अगाडी आजैका दिन हामीले नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने,राष्ट्रियता,सामाजिक,आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकको रुपमा नेपाल कम्युनिष्ट पार्टिलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो। तर कतिपय नेताहरुको विभाजनकारी,अस्थिर र अवसरवादी सोच तथा कृयाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन।’
बि.स.२०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमूख जीवराज आश्रितको चितवनको दासढुंगा भन्ने ठाउमा जीव दुर्घटनामा रहस्यमय तरिकाले हत्या गरियको थियो। सोही दिनलाई एमालेले मदन आश्रित स्मृती दिवस भनेर मनाउदै आएको छ।
यस्तो छ मदन आश्रितको स्मृती दिवसमा ओलीले जारी गरेको विज्ञप्ति ⇓