काठमाडौ/
रञ्जित चुक पुचःकाे व्यवस्थापनमा कामपा -२१ वडास्थित नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन गरेको छ। शुक्रवार गठन गरिएकाे नगरसमिति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गठन गरिएको थियाे ।आयोजित भेलाले स्वयंसेवी रक्तदाता सुमितदास रञ्जितकारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा-२१ वडा नगरसमिति गठन भएको छ ।
गठित समितिका उपाध्यक्ष राजेश श्रेष्ठ, सचिव रिदेन महर्जन, कोषाध्यक्ष सुनिल महर्जन चयन भएका छन् भने सदस्यहरूमा क्रमशः नबिना श्रेष्ठ, रूपक श्रेष्ठ, लुना चित्रकार, त्रिरत्न शाक्य, छोरीमैञा श्रेष्ठ, प्रेमशोभा शाक्य, प्रशान्त खड्गी र भावना महर्जन रहेका छन्।
कोरोनाको दाेस्राे लहरका कारण निषेधाज्ञाको सामना गरिरहेको विषम अवस्थामा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई हाल रगतमा देखिएकाे समस्या निराकरण गर्न र सहज तवरले रगत आपूर्तिकाे वातावरण सृजना गर्न बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२१ वडा नगरसमिति गठन भएकाे हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज आयोजित कार्यक्रममा अतिथिको रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज-२० वडा नगरसमितिका अध्यक्ष राम रञ्जित र सोही वडासमितिका सचिव राजेश मानन्धर लगायत रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगरसमितिका नवगठित कार्यसमितिलाई संस्थाको लोगो अंकित ब्याज र खादा पहराई बधाई ज्ञापन ब्यक्त गर्दै शपथ ग्रहण गराएको थियो ।