• मंसिर १४ २०८१, शुक्रबार

विवाद मिलाउने कार्यदल बनाउन ओली-नेपाल बैठक बस्ने

जेष्ठ २ २०७८, आईतवार

काठमाडौं । एमालेभित्रको विवाद समाधान गर्ने बारेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आज छलफल हुने भएको छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे छलफल गर्न लागेका हुन् ।

यद्यपि दुई नेताबीचको भेटको समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ‘आज कार्यदलमा रहने सदस्यहरुको नाम टुंग्याउने गरी दुई नेता बस्ने कुरा छ । समय र स्थान तय भइसकेको छैन तर एकदुई बजेतिरको समय हुनसक्छ’, नेम्वाङको भनाइ छ ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो ।