• बैशाख २० २०८३, आईतवार

पत्रकारलाई ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्दै पत्रकार महासंघ गण्डकी प्रदेश समिति

जेष्ठ १ २०७८, शनिबार

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ ।

प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कल्याणकारी कोषको सञ्चालन अध्यक्ष नाराण शर्मा नेतृत्वकै कार्यसमितिले गर्नेछ । महासचिव गोविन्द सुवेदीको नेतृत्वमा सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ बनेको छ ।

बैठकले कोभिड संक्रमण भएर उपचारको क्रममा निधन भएका पत्रकार गणेश पौडेल प्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेर मात्र कर्म क्षेत्रमा खटिन आग्रह गरेको छ ।