• मंसिर ११ २०८१, मंगलवार

क्रान्तिकारीले गर्यो विद्रोहका निम्ति तयार रहन अपिल

जेष्ठ १ २०७८, शनिबार

काठमाडौँ / नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाली जनतालाई सशस्त्र विद्रोहका निम्ति तयार रहन अपिल गएको छ। ५७ औं विद्यार्थी दिवसको अवसरमा आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाली जनता तथा विद्यार्थी वर्गमा यस्तो अपिल गरेका हुन्।

मुलुक दलाल, तस्कर, गुण्डा,भ्रष्ट र माफियाहरुको कब्जामा भएकोले देशको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै कोरोना महामारीबाट राज्यको समग्र संयन्त्र नै पूर्ण रुपमा असफल भएको ठहर गर्दै क्रान्तिकारीले विद्यार्थी र जनसमुदायलाइ विद्रोहको निम्ति तयार रहन अपिल गरेको छ।

क्रान्तिकारीद्वारा विद्यार्थी दिवसको अवसरमा जारी गरिएको अपिल
क्रान्तिकारीद्वारा विद्यार्थी दिवसको अवसरमा जारी गरिएको अपिल