• मंसिर ११ २०८१, मंगलवार

अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज

जेष्ठ १ २०७८, शनिबार

काठमाडौँ /

अक्सिजन सिलिण्डर लिन नेपाल एयर्लाइन्सको विमान ओमान उडेको छ। ओमान स्थित नेपाली दुतावास र गैह्रआवासिय नेपाली संघको सहयोगमा करिव ६०० थान अक्सिजन सिलिण्डर लिन एयर्लाइन्सको विमान ओमान तर्फ उडेको हो। शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।

बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार बेलुका ६:४० मा नेपाल अवतरण भएर शनिबार बेलुका नै चीनको बेईजिङको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

त्यहाँको सिलिण्‍डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।