• बैशाख २० २०८३, आईतवार

अक्सिजन वितरणको व्यवस्था अब स्वास्थ्य मन्त्रालयले गर्ने

बैशाख ३१ २०७८, शुक्रबार

 काठमाडौं । अस्पतालमा अक्सिजन वितरणको व्यवस्था अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ ।

कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सो व्यवस्था गर्ने गरेको थियो ।  बिरामी संख्याका आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै मनत्रालयका प्रवक्ता जागेश्वर गौतमले यो काम अब मन्त्रालयले गर्ने बताए ।

मन्त्रालयले अक्सिजनको आकस्मिक व्यवस्थापनका लागि उच्चस्तरीय टोली नै बनाएको छ । प्रवक्ता डा. गौतमले अस्पतालमा बिरामीको संख्या, आईसीयू, भेन्टिलेटर, एचडीयू बेडका आधारमा अक्सिजन वितरण गरिने बताए । ‘सीसीएमसीका मान्छेलाई आइडिया भएन, त्यसैले अक्सिजन व्यवस्थापन हामी नै गर्छौं’ उनले भने ।