• बैशाख २० २०८३, आईतवार

इद उल फित्रमा अहमदीया संघले दियो शुभकामना

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौँ /

मुस्लिम धर्माबलम्बीहरुको महान पर्व इद उल फित्रको उपलक्षमा नेपालमा मुस्लिमहरुको उत्थानमा काम गर्दै आएको मुस्लिम संघ, अहमदीया संघ नेपालले शुभकामना  व्यक्त गरेको छ। यसवर्षको इद उल फित्रको लागि एक सार्वजनिक सन्देश जारी गर्दै संघले शुभकामना दिएको हो।

इद उल फित्र पर्वको अवसरमा संसारका मानवजाति,आम नेपाली र मुस्लिम धर्माबलम्बीहरुमा शान्ति र समृद्धीको कामना गर्दै यस महान पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सदभाव बढाउने कुरामा संघले विश्वास व्यक्त गरेको छ।

संघका राष्ट्रिय निर्देशक मोहन रावतले इद उल फित्रका अवसरमा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘यस महान पर्व इद उल फित्रको पावन अवसरमा संसारकै मानवजाति,आम नेपाली र मुस्लिम धर्माबलम्बीहरुमा शान्ति समृद्धिको कामना साथै यस पावन पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सदभाव बढाउने कुरामा विश्वास व्यक्त गर्दछौं।’

इदको शुभकामना दिंदै संघले यो विश्वव्यापी कोरोना महामारीमा स्वास्थ्यका मापदण्ड पालना गरेर चाड मनाउन समेत मुस्लिम धार्मिक समुदायमा अपिल गरेको छन्।

इद उल फित्रका अवसरमा अहमदीया संघले जारी गरेको शुभकामना सन्देश