• बैशाख २० २०८३, आईतवार

थप नयाँ संक्रमित (८,५२०), (संक्रमण मुक्त(६,१३५)

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पीसीआर परीक्षण र ५३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ६ हजार १ सय ३५ पुगेको छ । यो संगै संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।