काठमाडौँ /
अल्पमतको प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उप-प्रधानमन्त्री इश्वर पोखरेलले पनि सपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री र उप-प्रधानमन्त्रीले सपथ लिएपछि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालको पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन्। प्रधानमन्त्रीले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुलाई पनि राष्ट्रपतिले सपथ खुवाएकी छिन।
हुन त सरकारमा सामेल हुन भनेर ओलीले नेकपा (एमाले)को माधव-झलनाथ समूह र जनता समाजवादीको महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई पनि आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहलाई अस्विकार गर्दै ती दुई समूह सरकारमा सामेल नभएपनि पुरानै अनुहार लिएर ओलीले मन्त्रिमण्डल बनाएका छन्।
प्रधानमन्त्री ओलीले गत बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठन गर्न दावी गर्न ३ दिनको समय दिएकि थिइन् तर समयसीमा भित्र कसैलेपनि बहुमतको सरकार दावी गर्न नसकेपछि संबिधानको धारा ७२ उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठुलो दलको संसदीय नेताको हैसियतमा बिहीबार ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।