काठमाडौँ /
बैशाख २७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत हासिल गर्न नसकेर सरकार ढलेपछि गृहमन्त्रीबाट पदमुक्त भएका राम बहादुर थापा ‘बादल’ अहिले राष्ट्रियसभाका सदस्य पदका उम्मेद्वार रहेका छन्। निर्वाचन आयोगले हिजो बिहीबारदेखि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेर लागु हुने घोषणा गरिसकेको छ।
निर्वाचन आयोगले आचार संहिता जारी गरिसकेको अवस्थामा राम बहादुर थापा ‘बादल’लाई अब फेरी गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नेहरु पनि देखिएका छन्।
निवर्तमान गृहमन्त्री बादलले पदम बहाल रहेको समयमै हेलिकोप्टरबाट हेटौंडा पुगेर राष्ट्रिय सभा सदस्यको लागि उमेद्वारी दर्ता गराएका थिए। उनले उम्मेद्वारीदर्ता गराउने समयमा आयोगले संहिता जारी गरेको थिएन।
