• मंसिर १२ २०८१, बुधबार

बन्द गरौँ सत्ताको खेल

बैशाख ३१ २०७८, शुक्रबार

नेपालको राजनीतिमा सत्ताको निम्ति सधैभरी झगडा गर्ने गरिन्छ । सधैभरी नेताहरु सत्ता र पदको निम्ति झगडा गरि रहन्छन् । जनताका सामान्य समस्या हल गर्दैनन् । जनताभन्दा राजनीति माथि राखेर खिचातानी गर्छन् । को प्रधानमत्री बन्ने,को मन्त्री बन्ने भनेर झगडा गरिरहछन् ।
संसदबाट को प्रधानमन्त्री बन्ने, को प्रतिपक्षी हुने भनेर छिनोफानो भनिसकेको छ। अहिलेको यस्तो संकटको बिरुद्धमा अब नेताहरु एकआपस मिलेर जानुको विकल्प छैन । जनता रहे भने पो फेरि सांसद बन्न पाइन्छ, फेरि राजनीति गर्न पाइन्छ यदि जनता नरहे के को लागि राजनीति गर्ने ? कुन मुख देखाएर फेरि जनता संग भोट माग्न जाने ? अहिलेको अवस्थामा सत्ताको खेल बन्द गरेर अहिलेको आवस्यकता के को त्यसमा सबै मिलेर लडेर बिजय प्राप्त गर्नुपर्छ ।

जनता कोरोनाले आक्रान्त छन् । मानिसहरु अक्सिजनको नपाएर छटपटाइरहेका छन् । मानिसहरुले आफन्तको ज्यान जोगाउनको निम्ति हरसम्भव प्रयास गरिरहेका छन् ।सामान्य नागरिकहरू गाँस, बासको र कपासको अभावले तड्पिरहेका छन् । यदि नेताहरुले साँच्चिकै जनताको निम्ति राजनीति गरेको भने आजबाट सत्ताको खेल बन्द गर्नुपर्छ ।

आजको दिनमा जो सरकारमा छ, जुन पार्टीको भएतापनि त्यहि व्यक्तिलाई सहयोग गरेर सबै प्रतिपक्ष, सबै नेताहरु मिलेर कोरोनामाथि विजय प्राप्त गरेपछि मात्रै सत्ता खेलमा लाग्दा उत्तम हुन्छ । आजको दिनमा राष्ट्रिय आवश्यकता भनेकै एकआपसमा मिलेर कोरोनामाथि विजय प्राप्त गर्नु हो । ढिलो भइसकेको छ तर पनि अझै प्रयास गर्न सकिन्छ । हामी जस्तो अवस्थामा छौ त्यहि अवस्थाबाट अगाडि बढेर देशमा भएका स्थानीय निकाय, प्रदेशका र केन्द्र सरकार सबैजना मिलेर एक आपसमा समन्वय गरेर सम्पूर्ण शक्तिहरुले मिलेर आजको आवश्यकता पूरा गर्न कम्मर कसेर अगाडी बढ्नुपर्छ। हामीसँग अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प छैन।

आजको दिनबाट को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्ने कुरा सबै कुरा बिर्सिएर एकआपसमा मिलेर हालको यो राष्ट्रिय समस्यालाई परास्त गर्नमा सबैजना एकजुट भएर अगाडि बढ्नु पर्छ । यसमा हरेक क्षेत्रबाट सहयोग लिएर अन्तर्राष्ट्रिय सहयोग लिएर हुन्छ कि कसरी हुन्छ जनताको जिवन रक्षा गर्न सरकार र सरोकारवाला तत्पर हुनुपर्छ । जसले जनताको निम्ति राजनीति गर्छु भनेर भाषण गरेका छन् तिनीहरूले आज व्यवहारमा देखाउनु पर्ने बेला आएको छ । जनताहरुले समीक्षा गरेर बसिरहेका छन् । यदि जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु यस्तो संकटको घडीमा देखा पर्दैनन् भने भोलिका दिनमा पनि जनताका सामु उभिने कष्ट नगरे हुन्छ । जनताले सबै हिसाबकिताब गरेर राखेका छन् । लोकतान्त्रिक अभ्यासमा जनता सर्वेसर्वा हुन् र जनताको हातमा सर्वस्व हुन्छ, त्यो कुरा पनि नेताहरुले हेक्का राखे हुन्छ ।

आजको दिनमा नेपाली जनताहरु हिजोको दिनमा जस्तो लाटा छैनन् । नेपाली जनता शिक्षित छन्, के गलत के सही भन्ने कुरा सजिलै छुट्याउन सक्छन् ।अब पनि जालझेलबाजी गरेर फेरी पनि नेता बन्ने रहर र सपना छ भने त्यागी दिए हुन्छ । आजको दिनमा सबैले सबै कुरा बिर्सेर कोरोना विरुद्ध एकजुट भएर अगाडी बढ्दा देश र जनताको भलो हुन्छ । सबैले आफ्नो ठाउँबाट जति सकिन्छ उति सहयोग गरौ,यो महामारीलाई जितौं।