काठमाडौँ /
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथी प्रतिकृयावादीहरुबाट प्रहार भइरहेको बताएका छन्। मुस्लिम धर्मावलम्बीहरुको महान चाड ‘ईद उल फित्र’को अवसरमा एक शुभकामना सन्देश सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
नेपाल बहुजातीय,बहुभाषिक,बहुसाँस्कृतिक र बहुधार्मिक देश भएकोले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै यही मौलिक पहिचानका कारण नेपाली समुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको समेत उनले बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संबिधानले नेपाली बहुसंस्कृतीको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिकृयावादीहरुबाट प्रहार भएको पनि प्रचण्डले जारी शुभकामना सन्देशमा बताएका छन्