काठमाडौँ /
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण नागरिकले ज्यान गुमाएको आरोप लगाएका छन्। इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘ईद उल फित्र’का अवसरमा नेपाली काँग्रेसको तर्फबाट एक शुभकामना सन्देश जारी गर्दै देउवाले सरकारलाई यस्तो आरोप लगाएका हुन्।
इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘ईद उल फित्र’का अवसरमाशुभकामना दिंदै देउवाले भनेका छन्, ‘इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल फित्र” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) प्रकट गर्दछु । इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु।’
‘ईद उल फित्र’का अवसरमा सभापति देउवाद्वारा जारी गरिएको शुभकामना सन्देशमा सरकारको चरम लापरवाही,असंवेदनशीलता र अकर्मन्यताका कारण कोरोना महामारीको दोस्रो चरणमा बढ्दो संक्रमणसँगैआइसीयु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो भएकोले नागरिक आफैँ सचेत हुन जरुरी भएको बताएका छन्