• मंसिर ११ २०८१, मंगलवार

बहुमतीय सरकारको दावी पेश गर्ने प्रचण्ड-देउबाको निर्णय

बैशाख ३० २०७८, बिहीबार

काठमाडौँ /

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउबाबीचको भेटवार्ता सकिएको छ। दुईनेता बीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समयसीमा भित्रै बहुमतको नयाँ सरकार गठनका लागि दावी पेशगर्नेबारे छलफल भएको छ।

यसका अतिरिक्त एमालेको माधव-झलनाथ समूह र जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहले गर्ने सम्भावित निर्णयबारे पनि छलफल भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार बनाउन दाबि पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आज रति सम्मको समयसीमामा आव्हान गरेकी थिइन्।