• बैशाख २० २०८३, आईतवार

एमालेले फिर्ता लियो माधव नेपाल सहित चार नेतालाई गरेको कारवाही

बैशाख ३० २०७८, बिहीबार

काठमाडौँ/

नेकपा (एमाले) ले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चारजना नेतालाई गरेको कारवाही फिर्ता लिएको छ। बिहिबार बिहान वालुवाटारमा बसेको एमाले स्थाई समिति बैठकले नेताहरु भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई गरेको कारवाही फिर्ता लिने निर्णय गरेको हो।

पार्टी एकता कायम राख्न यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।