• बैशाख २० २०८३, आईतवार

चीनले नेपाललाई दिएको भेन्टिलेटर र अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् ।

मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको चिनियाँ दूतावासले जानकारी दिएको हो । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा  १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् ।