• बैशाख २० २०८३, आईतवार

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं । कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान १७ जेठसम्म बन्द गरिएको छ। 

कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले अन्तर्राष्ट्रिय उडान १७ जेठसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजंग काफ्लेले बताए। यसअघि मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। 

हप्तामा दुई दिन काठमाडौं–नयाँदिल्ली हुँदै आएको अन्तर्राष्ट्रिय उडान भने जारी रहने काफ्लेले बताए। त्यस्तै, चार्टर्ड उडान पनि नरोकिएको प्राधिकरणले जनाएको छ।