• मंसिर ११ २०८१, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमण मुक्त

बैशाख २८ २०७८, मंगलवार

काठमाडौँ /

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना जितेका छन्। पुर्वराजा शाह कोरोना जितेर कोरोना संक्रमणमुक्त भएका छन।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पुर्वराजा संक्रमणमुक्त भएपनि उनकी पत्नी कोमल शाहको भने अवस्था सुधारोउन्मुख रहेको बताइएको छ। नर्भिक अस्पतालमा उपचार गराइरहेका शाह दम्पतीहरुको परिक्षणका लागि स्वावको नमुना दिइएको थियो।

अस्ति साँझ नै पुर्वराजाको रिपोर्ट आएकोमा अब उनी अस्पतालबाट डिस्चार्ज हुनसक्ने सो अस्पतालका जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले बताए। उनलाई दिएको अक्सिजनको मात्र घटाइएको पनि बास्तोलाले जानकारी दिए। भारतको कुम्भमेलामा सहाभागी भएर फर्किएका पूर्वराजाका दम्पतीमा कोरोना भाइरस संक्रमण देखिएको थियो।

आजै कोरोना भाइरसका संक्रमणका कारण नर्भिक अस्पतालमै उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।