• मंसिर ११ २०८१, मंगलवार

राजधानीका तीन जिल्लाका सिडिओहरुको बैठक जारी: निषेधाज्ञा थपिन सक्ने

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं /

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) बैठक बसिरहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने बताइएको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी भएका छैनन् ।

उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।