• बैशाख २० २०८३, आईतवार

महामन्त्री सिंहलाई कोरोना संक्रमण

बैशाख २८ २०७८, मंगलवार

काठमाडौं । अद्र्धभूमिगत नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोनाभाइरस संक्रमण भएको छ । सिंहको उपचार होम आइसोलेसनमा भइरहेको सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।

पुरीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाका सांसद दूर्गा पौडेलका पति हुन् ।

सिंहको हेरचाहमा रहेकी पौडेलले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्वोधनसमेत गरेकी थिएन् । उनै दूर्गाले हाल सिंहको हेरचाह गरिरहेकी छिन् । वयोवृद्ध अवस्थाका नेता सिंह मधुमेहका विरामीसमेत हुन् ।

महामन्त्री संक्रमित हुँदा प्रवक्ता पुरीले निकालेको प्रेस विज्ञप्ति
महामन्त्री संक्रमित हुँदा प्रवक्ता पुरीले निकालेको प्रेस विज्ञप्ति