• बैशाख २० २०८३, आईतवार

संसद्को बैठक शुरु:प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

बैशाख २७ २०७८, सोमबार

  काठमाडौँ /

संसद्को स्थागित बैठक फेरी शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो बहुमत छ भनेर वा विश्वासको मत लिन बोलाइएको संसद्को बिशेष बैठक केहीवेर अघि शुरु भएर स्थगित भएको थियो। सो स्थगित भएको संसदको बिशेष बैठक शुरु भएको हो।

बैठकमा बोल्दै सांसदहरुसँग प्रधानमन्त्री ओलीले आफूले राष्ट्रियहितमा काम गरेको हुनाले विश्वासको मत दिन आग्रह गरेका छन्।

ओलीले आफूले गरेका केही कामहरुको फेहरिस्त बताउदै आफ्नो सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नभएको धारणा व्यक्त गरेका छन्।