• बैशाख १९ २०८३, शनिबार

यस वर्ष पनि यार्सापाटन नखुल्ने

बैशाख २६ २०७८, आईतवार

डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो । देशमा कोराना भाइरस सङ्क्रमण तीब्र रूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।