• मंसिर १४ २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिएको राजीनामा स्वीकृत,३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान

बैशाख २६ २०७८, आईतवार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् ।
यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।