• मंसिर ११ २०८१, मंगलवार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजिनामा

बैशाख २६ २०७८, आईतवार

काठमाडौँ /

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका छन्। आइतबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री गुरुङले राजिनामा बुझाएका हुन्। गुरुङको मुख्यमन्त्रीको पदमाथि प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको थियो।

सो अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकैवेला उनले एक्कासी राजिनामा दिएका हुन्। यसअघि गण्डकी प्रदेशमा अविश्वास दर्तामा रहेको थियो भने प्रस्तावमा बैशाख १५ गते मतदान हुने कार्यसूची थियो। तर संसद चलिरहेको समयमा राष्ट्रिय जनमोर्चामा सांसद खिमविक्रम शाही बेपत्ता भएकोले बैठक स्थगित गरि सांसद खोजिगरना सांसद पियारी थापाले निवेदन दिएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो।

गण्डकी प्रदेशको संसदमा हङ्गामा भएपछी दलहरुबीच दुरी बढेर प्रदेश सभा बस्न सकेको थिएन। संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि बिहान अर्था बैशाख २७ गते बिहान ११ बजे प्रदेश सभा बस्ने निर्णय गरेको थियो।

गत बैशाख २ गते गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।