• मंसिर १७ २०८१, सोमबार

माल्दिभ्स नजिकै हिन्द महासागरमा खस्यो चिनियाँ रकेट ‘लङ मार्च ५ बी’ (तस्बिर सहित)

बैशाख २६ २०७८, आईतवार

काठमाडौँ /

चीनले अन्तरिक्षमा पठाएर हराएको भनिएको रकेट हिन्द महासागरमा खसेको उसले आफैले बताएको छ। अनियन्त्रित रुपमा पृथ्वीतर्फ झरिरहेको सो चिनियाँ रकेटका अवशेषहरु माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको बताएको हो। पृथ्वीतिर झर्ने क्रममा अधिकांश भाग ध्वस्त भएर केही भाग माल्दिभ्स नजिकै पश्चिमतिर झरेको चिनियाँ सरकारी संचारमाध्यमहरुले बताएका छन्।

सो रकेटका अवशेषका केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको बताइएको छ। आइतबार बेइजिङको समय अनुसार बिहान १०:२४ रकेटका केही भागहरु पुन:प्रवेश वायुमण्डलमा गरेका थिए। रकेटका अवशेषहरुले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने बिषयमा आफूहरु अनभिज्ञ रहेको अमेरिकाको स्पेश कमाण्डले आफ्नो विज्ञप्तिमा बताएको छ।

१८ फिट चौडाई र ९८ फिट लम्बाई रहेको ‘लङ मार्च ५ बी’ नामको सो चिनियाँ रकेट २१ टन गर्हौगो रहेको थियो।

चिनियाँ रकेट खसेको भनिएको स्थाननको तस्बिर बिबिसीबाट साभार
चिनियाँ रकेट खसेको भनिएको स्थानको तस्बिर बिबिसीबाट साभार

गत अप्रिलको अन्त्यमा चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन सो रकेटलाई प्रक्षेपण गरेको थियो। रकेट वायुमण्डलमा फर्किनु अघि  मानिसहरुको बसोबास भएको स्थानमा खसेर यसले मानव जीवनलाई क्षती गर्छ कि भनेर मानिसहरुमा चिन्ता थपिएको थियो भने अन्तरिक्षका बिषय विज्ञहरुले पृथ्वीमा निक्कै ठुलो भू-भाग समुन्द्रले ओगटेको हुनाले रकेट खसेर कसैलाई लाग्न सक्ने सम्भावना निक्कै कम रहेको भनेर आस्वस्त पार्दै आएका थिए।

सन् १९९० भन्दा यता १० टन भन्दा बढी तौल भएको कुनै बस्तु वैज्ञानिकहरुले पृथ्वीतर्फ खस्न दिएका छैनन्।