• मंसिर १४ २०८१, शुक्रबार

जसपाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

बैशाख २६ २०७८, आईतवार

काठमाडौँ/

जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन। विहान काँग्रेस सभापति शेर बहादुर देउवा निवास पुगेर देउवासँग छलफल गरेका जसपाका शिर्ष नेताहरुले अहिले केहीवेर अघि प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटी उनलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन्।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास पुगेर यस्तो बताएका हुन्। महतोले भने, ‘प्रधानमन्त्रीले हामीसँग विश्वासको मत माग्नुभयो, हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौँ भन्यौँ र अर्को कुरा हाम्रा केही माग पुरा गरिदिएकोले तपाईको विपक्षमा पनि जान सक्दैनौं भन्यौँ।’

अब भोलि संसदमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतदानमा जसपा तटस्थ बस्नेछ।