काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिने बारेमा छलफल गर्न नेकपा एमालेको खनाल–नेपाल समूहको बैठक बस्दैछ । आइतबार मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको उनको भनाइ छ छ ।
उनले भनिन्,‘अहिले नेताहरु आन्तरिक तयारीमा हुनुहुन्छ, १२ बजेतिर छलफल हुन्छ, यस्तो बेला छलफल भर्चुअल माध्यम मै गर्ने कुरा छ ।’ नेताहरुले वर्तमान परिस्थितिबारे छलफलमा बिफ्रिङ गरेपछि कसरी जाने भनेर एउटा निर्णयमा पुग्ने शाक्यले बताइन् ।
अब त निर्णय गर्नै पर्छ नि । अनिर्णयको बन्दी भएर बस्नु हुँदैन । शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्दा उपयुक्त हुने खनाल–नेपाल पक्षले निष्कर्ष निकालेको छ ।
बैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसद पदबाट राजीनामा दिने उक्त समुहको तयारी छ ।