• मंसिर १२ २०८१, बुधबार

मन्त्रिपरिषद बैठकको निर्णय :  कोरोना रोकथाम र नियन्त्रणमा सबै युद्धस्तरमा लाग्ने

बैशाख २५ २०७८, शनिबार

काठमाडौं ।  सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । 

आज आकस्मिक बसेको  मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको हो ।  

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले  कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको जानकारी दिए ।  उनका अनुसार ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’ ।