काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ ।
प्रधानमन्त्री ओलीसहित सचिवालयका व्यक्तिमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यसै गरी पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ ।