• मंसिर १२ २०८१, बुधबार

कोरोना सम्बन्धी समाचार लेख्दा त्रसित बनाउने गरी नलेख्न नेपाल पत्रकार महासंघको आग्रह

बैशाख २५ २०७८, शनिबार

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका जारी गर्दै पालना गर्न पत्रकारलाई आग्रह गरेको छ।

पत्रकारमा कोरोना संक्रमण बढ्न थालेपछि महासङ्घले निर्देशिका ल्याएको हो । अहिलेसम्म देशभर ६८० जना पत्रकार संक्रमित भइसकेका छन् भने सात जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले तयार गरेको स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको महासंघले जनाएको छ। जसमा कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ।

महासंघले कोरोना सम्बन्धी समाचार लेख्दा त्रसित बनाउने गरी नलेख्न आग्रह गरेको छ भने यसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोडेर नलेख्न पनि सचेत गराएको छ।