• मंसिर ११ २०८१, मंगलवार

प्रधानममन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ /

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बेलुका पाँचबजे मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए। बैठकका एजेण्डा खुलाइएको छैन। नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गरेको छ।

यो भन्दा पहिले प्रधानमन्त्रीले आइतबार संबैधानिक परिषद्को पनि बैठक बोलाएका छन्। संबैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन्।