• मंसिर ११ २०८१, मंगलवार

राजधानीमा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न शुरु गरियो

बैशाख २३ २०७८, बिहीबार

काठमाडौँ /

राजधानीमा जारी निषेधाज्ञा उलंघन गर्ने जरिवाना गर्न थालिएको छ। निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको हो। प्रहरीका अनुसार संक्रामक रोग ऐन-२०२०को अनुसार जिल्ला प्रशासन कार्यालयले जारे गरेको रसिदको आधारमा निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले सय रुपैया जरिवाना लिन थालेको हो।

ललितपुरमा मात्रै बैशाख २१ र २२ गते निषेधाज्ञा उलंघन गर्ने ८४ जनालाई जरिवाना गरिएको प्रहरीले बताएको छ। बारम्बार सम्झाउदा बिना काम हिड्ने तोकिएको भन्दा धेरै समय पसल खोल्ने, मास्क नलगाउनेहरुलाई जरिवाना गरिएको पनि नेपाल प्रहरीले बताएको छ।यसैबीच बिहिबारबाट निषेधाज्ञालाई थप कडाई गरिने भएको छ।

संक्रामक रोग ऐन-२०२०२का अनुसार स्थानिय प्रशासनलाई ३ सयसम्म जरिवाना वा ६ महिना कैद सजाए गर्ने अधिकार रहेको छ।