• मंसिर १० २०८१, सोमबार

भारतमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

बैशाख १५ २०७८, बुधबार

काठमाडौं । भारतको आसाममा ६.४ तीव्रताको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

आसामका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको केही तस्वीर ट्वीट गरेका छन् । भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।