काठमाडौं/
सामुदायिक विद्यालय अभिभावक संघको काठमाडौं जिल्ला समिति गठन भएको छ । गत वैसाख ११ गते बसेको संघको केन्द्रिय समिति बैठकको निर्णय अनुसार काठमाडौं जिल्ला समिति गठन भएको हो । सामुदायिक विद्यालयको स्तर माथी उठाउने लक्ष्य राखेर स्थापना भएको सो संघको साङ्गठनिक विस्तार योजना अनुसार काठमाडौं जिल्ला समिति गठन भएको जिल्ला इन्चार्ज बासुदेव अधिकारीले जानकारी दिए ।
कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै भर्चुवल कार्यक्रमगरी सो समिति गठन गरिएको हो । संघको नवगठित समितिको अध्यक्षमा दक्षिणकाली फर्पिङका आनन्द पुरी रहेका छन् भने सहअध्यक्ष बासुदेव अधिकारी, (बुढानिलकण्ठ), महिला उपाध्यक्षमा सपना राजथला (महाराजगञ्ज), उपाध्यक्ष बन्दना थापा खडका (स्युचाटार), सचिव गोविन्द भण्डारी (कलंकी) महिला सचिव यसोदा उप्रेती (मिनभवन) कोषाध्यक्ष बन्दना केसी खड्का (भोटेवहाल), सदस्यहरु निर्मला घिमिरे अधिकारी (तारकेश्वर), सुमित्रा मैनाली (कोटेश्वर तीनकुने), नमराज सिलवाल (टोखा), शुसिला खतिवडा (गोठाटार), सोमनाथ दाहाल (बुढानिलकण्ठ), नरबहादुर लिम्बू,(मूलपानी), धर्म डंगोल (टोखा), रणोद्वीप बस्नेत, (पेप्सीकोला), सबिना अर्याल (कामनपा–३२), रनबहादुर श्रेष्ठ (कालीमाटी), सुरेखा सापकोटा (कोटेश्वर), चित्रा श्रेष्ठ महत (मिनभवन), खगेन्द्र उप्रेती (कपन), विष्णुप्रसाद पौडेल (बालाजु) र भीम भारती (सामाखुसी) रहेका छन् ।