काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना संक्रमणको जोखिमका कारण देशका मुख्य सहरहरूमा अनलाइनमार्फत पठनपाठन गर्न, गराउउन सूचना जारी गरेको छ ।
विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा सैद्धान्तिक कक्षा अनलाइनबाट सञ्चालन गरे पनि प्रयोगात्मक कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन गर्न भनेको छ । परीक्षा भने आवश्यक स्वास्थ्य सावधानी अपनाई गर्न सूचना जारी गरेको छ ।
त्यस्तै २५ जना भन्दा बढी हुने गरी कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न पनि त्रिविले भनेको छ । अनलाइन कक्षा भने माइक्रोसफ्ट टिमबाट लिने जारी सूचनामा भनिएको छ ।
त्रिविद्धारा जारी सूचना :