काठमाडौँ। देशभर थप ९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ हजार १५८ जनाको कोरोना परीक्षण गारिएकोमा थप ९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५ सय ३७ जनामा आरटी–पीसीआर परीक्षण गर्दा ८ सय ३६ जना र ६२१ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ८ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।