• मंसिर ११ २०८१, मंगलवार

कृषि रसायनबाट प्रदुषित पर्यावरण र जनस्वास्थ्य

बैशाख ३ २०७८, शुक्रबार

कृषि रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदुषित गरेको छ । सबैभन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी बिषालु रसायन फलफूल, तरकारी, अन्नहरु, दालहरु, मसलाहरु, खाने तेल, दुध, फुल मासु, पानीसँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्याँउछ ।

सामान्यतया यो विश्वास गरिन्छ कि रसायनिक मल एवं किटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ र उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ । सरकारले पनि किसानलाई वैज्ञानिक तरीकाले खेती गर्न सल्लाह दिन्छ । तर यो वैज्ञानिक खेतीको अर्थ मात्र रासायनिक मल र किटनाशकको प्रयोगसम्म सिमित होस् । अमेरिकामा गरिएको अनुसन्धानबाट ज्ञात हुन्छ कि जब किटनाशक रसायनलाई बोटविरुवामा, तरकारी तथा फलफूलमा छर्किइन्छ, त्यतिबेला यी रसायनको ०.१% मात्रा मात्रै सहि लक्ष्यसम्म प्रभावित हुन्छन् ।

शेष ९९% रसायनहरुले पर्यावरणलाई प्रदुषित गराउन सहयोग गर्दछन् । देशमा खेतिपातीको लागि प्रति वर्ष २.५ लाख टन पेस्टिसाइडको प्रयोग हुने गरेको अनुमान छ । यस प्रकार हर वर्ष १० करोड रुपियाँ खेतिपातीमा उपयोग हुने पेस्टिसाइडको लागि खर्च हुन्छ । आज जोखिम मात्र रासायनिक उर्वरक र किटनाशकको बढ्दो प्रयोगबाट हैन, बरु खाद्य पदार्थमा जसरी मिसमासको धन्दा फलिफूलिरहेको छ, यसले मानवीय स्वास्थ्यको लागि गम्भीर चुनौती जोखिम बनेको छ ।

तरकारीमा बिषालु रसायनको संख्या दिन प्रतिदिन बढ्दो छ । एक आकलनअनुसार वर्तमानमा नै हामी दैनिक ०.५ मी.ली. ग्राम विष लिइराखेका छौं । परवल रंगाइएको छ, तरकारीको आकार चाँडै ठूलो पार्न त्यसमा आकसीटोसीनको इन्जेक्शन लगाइन्छ । यसको प्रयोग लहरे तरकारी लौका फर्सी, काँक्रो, घिरौलामा सबैभन्दा बढी प्रयोग गरिन्छ । जसले गर्दा तरकारीको लम्बाइ तथा चौडाइ चाँडै बढ्छ । किसानले मुनाफा कमाउँछ, नत्र तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका किन देखिन्थिए होला ।

बासी तरकारीहरुलाई मैलाथियानको झोलमा १० मिनेटसम्म डुवाएर राखिन्छ, जसले गर्दा तरकारहिरु २४ घण्टा सम्म ताजा रहन्छन् । यसको प्रयोग भिन्डी, काउली, खुर्सानी, पर्वल, लौका, बन्दा, गोभीमा गरिन्छ । रासायनिक मल र किटनाशकको प्रयोगले अन्न तरकारीहरु दुध र पानी जुन मानिसको जीवनकाउ मुख्य आधार हुन विषाक्त बन्दै गइराखेका छन् । यस कारण मानवीय जीवन बिस्तारै जोखिममा पर्दैछ ।

आजभोलि हृदयघात, महुमेह, रक्तचाप एवं अन्य कैयौं प्रकारका विमारीहरु सामान्य हुँदै गइराखेका छन् । यसको एउटा ठूलो कारण यो छ कि आज हामी जे पनि खान्छौ, त्यसमा रासायनिक तत्वहरुको अधिकता यति धेरै छ कि हाम्रो भोजन विष बनिसकेको छ । गहुँ बालीमा रसायनिक उर्वरकहरुको प्रयोग बढ्नाले रोटीमा मनी उर्वरकको अवशेष बढ्दो छ । यसे कारणले गर्दा कृषि रसायन शरीरमा रगतसँगै बगिराखेको छ । यसको प्रमाण पंजावको भटिन्डा र मुक्तसर जिल्लाहरु हुन जहाँको ग्रामीणहरुको रगत परीक्षण विश्लेषण गर्दा १३ किसिमको किटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ । हाम्रो आफ्नो परिवेषमा कृषि सामाग्री संस्थान म्याद सकिएको किटनाशक अमलेखगंजमा लामो समय भण्डारण गर्दा त्यस भेगका जनसमुदायमा रगत परीक्षण विश्लेषण गर्दा किटनाशकको अवशेष भेटिएको प्राज्ञिक अभिलेख भेटिन्छ ।

विश्व बैंकद्वारा गरिएको अध्ययनअनुसार विश्वमा २५ लाख मानिस प्रति वर्ष किटनाशकको दुष्प्रभावको सिकार हुने गर्दछन् त्यसमध्ये करीब ५ लाख मानिसले मृत्युवरण गर्दछन् । लामो समयसम्म यस्तो गँहुको प्रयोगले हृदयघात कलेजोसम्बन्धी बिमारीहरु हुन सक्तछ साथै, पक्षघात पनि । सघन रुपमा उखु लगाइएको क्षेत्रहरुमा बालिहरुमा ७ वर्षकै उमेरमा महिनाबारी हुरु हुने, कुखुराको बोक्रा पातलो हुने हुँदा सजिलै टुट फुट हुने गर्दछन् । डि.डि.टि.ले गर्दा यौनजन्य परिवर्तनका लक्षणहरु देखिन थाल्दछ ।

अर्थात् यी रसायनले हाम्रो अनुवांशिकताको बाहक क्रोमोजोम्समा अवस्थित जीनहरुको संरचनामा अवान्छित परिवर्तन गराउनमा सक्षम हुन्छन् । रसायनिक उर्वरक किटनाशक, ढुशीनाशक, झारपात नासी रसायनको उपयोगको दौरान सम्पर्कमा आउनाले ती किसानहरुको आँखा, नाक, छाला र वीर्यमा पुगेर त्यसको पि.एच. कम गरेर त्यसलाई अम्लीय बनाउँछ । प्रति एम.एल. विर्यमा शुक्राणुहरुको संख्या ७.५ करोडबाट घटेर ४.४ करोड रहन जान्छ । क्षतिग्रस्त शुक्राणुको संख्या पनि बढेर जान्छ । यी सब कुराले तीनको प्रजनन क्षमता माथि नराम्रो प्रभाव पर्दछ ।

कृषि रसायनको भरपूर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोबास गर्ने केटाकेटीको बौद्धिक स्तर फार्मभन्दा टाढा बसोबास गर्ने केटाकेटी भन्दा धेरै तल हुन्छ । वृद्धहरुमा बिर्सने रोग अलजाइमरको सम्बन्ध पनि कृषि रसायनसँग जोडिएको पाइएको छ । अर्थात् यी रसायन मानिसको मानसिक क्षमतालाई कम गरिराखेका छन् ।

हामीले आफ्नो सुरक्षा आफै गर्नु पर्ने हुन्छ । हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ अर्थात् मात्र एक किसिमको बाली नलगाएर खेतबारीमा एकै समयमा धेरै किसिमका बालीनाली लगाउनु पर्दछ । जैव–विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पादनकर्ता बढाउन र किरा फट्याङ्ग्रा नियन्त्रण गर्नु दुवैमा सहायक सिद्ध हुने गर्दछन् । जहाँसम्म सम्भव हुन सक्तछ हर खेतमा दलहन, कपास धान गहुँजस्ता बालीहरु मिलाएर लगाउनु पर्दछ । दलहन बालीले नाइट्रोजनको आपूर्तिमा सहायक हुन्छन् । एउटा बाली पनि एकै प्रजातिको नभई भिन्न भिन्न प्रजातिको लगाउनु पर्दछ । बालीनाली चक्रमा बेला बेलामा परिवर्तन गर्नु पर्दछ । एकै किसिमको बाली पटकपटक लगाउँदा माटोबाट केही तत्व क्षय हुन्छ एवं केही विशेष कीरा फट्याङ्ग्रा र झारपात उम्रिने मौका पाउँछ ।

किटनाशकको प्रयोग गरेर हामी बोटबिरुवा नष्ट गर्नुका साथै कीराफट्याङ्ग्रा साथै ती कीरा फट्याङ्ग्रा पनि नष्ट गरेका हुन्छौ जसले हानिकारक कीरा फट्याङ्ग्रा खान्छन् । यस प्रकार हामी समस्याका साथ साथै समाधानलाई पनि उन्मुलन गरिराखेका हुन्छौ । कीरा फट्याङ्ग्रामा ती किटनाशक प्रति प्रतिरोधक क्षमता उत्पन्न भइरहेको थियो । यसबाहेक लाखौं रुपिँया किटनाशकको लागि व्यय भइरहेको थियो, जुन किसानलाई लाभको रुपमा प्राप्त हुन सक्छ ।

हामी बिहान देखि बेलुका सम्मको भोजनसम्म जे पनि आफ्नो शरीरमा ग्रहण गर्दछौं । त्यसको महत्व हाम्रो अस्तित्वसँग जोडिएको छ । परेशान किसान अब रसायनिक मल तथा किटनाशकको चक्रब्युहबाट निस्कन चाहन्छन् ता कि भूमिलाई फेरि पनि उर्बरक बनाउन सकियोस् । जबसम्म हामी प्राकृतिक संसाधनको अविवेकपूर्ण दोहनामा बिराम लगाउँदैनौ, पर्यावरण संरक्षण तथा सम्वद्र्धनको कुरा निरर्थक हुनेछ । हामीले किसानलाई हर सम्भव सहायता दिनु पर्नेछ । जसबाट कि तिनले आफुलाई महंगो कृषि पद्धति तथा किटनाशकको चक्रबाट मुक्त गरेर सतत् पोषणिय तथा स्वस्थ्य कृषिमा संलग्न हुन सकून् । धर्तीमा यति क्षमता छ कि त्यसले सबैको आवश्यकतालाई पूरा गर्न सक्तछ, तर कुनै कसैको लालचलाई पूरा गर्नमा भर्ने सक्षम छैन ।

(लेखक सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक प्रमुख हुन्)