• चैत्र २६ २०८१, बुधबार

इन्डोनेसियामा ५.९ म्याग्‍निच्युडको भूकम्प

चैत्र २८ २०७७, शनिबार

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा ५.९ म्याग्‍निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी एक जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन्।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा रहेको थियो। यो स्थान इस्ट जाभाको मालाङ सहर नजिक रहेको छ।

स्थानिय अधिकारीहरुका अनुसार मालाङमा एक जनाको ढुङ्गाले लागेर मृत्यु भएको छ।

तर, त्यहाँ सुनामीको कुनै जोखिम नरहेको बताइएको छ। यता राष्ट्रिय आपतकालीन एजेन्सीका अधिकारीहरूले अझै पनि क्षतिको विवरण उपलब्ध गराएको छैन।

‘मैले दुई पटक भूकम्पको अनुभव गरे, पहिलो पटक दुई सेकेन्डमा रोकियो, तर त्यसपछि यो फेरि हल्लायो,’ स्थानियले भने।